जोजो दाईको सपना

<span class='c1'>जोजो दाईको</span> <span class='c2'>सपना</span>

मोरङ सहकारी अस्पतालको मुल गेट अघि नै चिया नास्ता पसल छ । त्यँहा पुग्ने प्रायको मुखमा एउटा नाम झुन्डिन्छ 'जोजो' । कसैले 'जोजो'सँगै दाई जोड्छन् कसैले भाई ।  "म  २०६४ सालमा ओखलढुङ्गाबाट कामको खोजीमा विराटनगर आएको हुँ । सुरुमा होटल व्यवस्थापनको सिप सिक्दै केहि कामहरु गरें अनि पछि २०६८ मा आँफ्नै पसल खोलेको हुँ ।" उनले थपे , "उतैबाट प्रेम विवाह गरेर यता आएको हुँ । उनलाई जोजो को अर्थ सोध्दा हाँस्दै भने 'हाम्रो तामाङ भाषामा जोजो भनेको दाई हो । यहाँ धेरैले यसैलाई मेरो नाम सोचेर 'जोजो दाई' वा 'जोजो भाई' भन्छन् ।" 

केहि दिन अघि यिनले फेसबुकमा आफ्नो एकाउन्ट बनाए अनि नाम लेखे 'बुद्दिराज तामाङ' । "फेसबुक प्रोफाईलमा हालेको फोटो देखेर धेरैले नचिनेको नाममा चिने चिने जस्तो मान्छे को हो भनेर हेरेछन् , मलाई आएर सुनाए" उनले भने "नाम चेन्ज गरेर जोजो नै राख्नु पर्यो अब" ।

"यहि पसलबाट जिविकोपार्जन चलिरहेको छ । अब यसैलाई बढाउने ईच्छा छ।" उनले भविष्यको योजना सुनाए ।

 

[caption id="attachment_14773" align="aligncenter" width="960"]jojo dai ko pasal biratnagar जोजो दाईको पसल (तस्विर: आवर विराटनगर)[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्