बिराटनगरका गायक रोहनको एल्बम बजारमा

बिराटनगरका गायक रोहनको एल्बम बजारमा

 बिराटनगरका गायक रोहनको एल्बम बजारमा
विराटनगरका रोहन कार्कीको नयाँ एल्वम परिधी बजारमा आएको छ । विभिन्न राष्ट्रिय कलाकारहरुको आवाजमा सजिएको परिधीका सबै गित र सगिंत रोहन कार्कीको रहेको छ । परिधीमा ८ वटा गितहरु समावेश भएका छन् ।
 हिमाल सागरको स्वरमा रहेको ‘मैले सोचे तिमीलाई’  गित अहिले चर्चित रहेको छ । यसको भिडियो विभिन्न राष्ट्रिय तथा लोकल टेलिभिजनहरुबाट प्रशारण भइरहेको छ । त्यसैगरी स्वरुपराज आचार्यको स्वरमा रहेको ‘खुसी दिन सक्दैनौ भने’ बोलको गित पनि अहिले रेडियोमा खुबै चर्चामा रहेको छ । त्यसैगरी राजेशपायल राई, दिपक लिम्बु, डम्बर नेपाली, प्रकाश तिमिल्सिना जस्ता चर्चित गायकहरुको स्वरमा रहेको छ । त्यसैगरी, विराटनगरकै गायिका मनिषा पोख्रेल र एउटा गितमा भने रोहन कार्की आफैले स्वर दिएका छन् ।
 एक महिना अघिदेखि बजारमा आएको यो एल्वम नेपालभरी पुगिसकेको कलाकार रोहन कार्कीले बताए । विराटनगरमा रहेको म्युजिक क्याफे क्म्पनीबाट बजारमा ल्याइएको यो एल्वमले बजारमा चर्चा बटुलिरहेको छ । वास्तविक जिवनमा आधारित रहेका गितहरु सबै स्रोता तथा दर्शकहरुमाझ लोकप्रिय हुने विश्वास कलाकार कार्कीले लिएका छन् । एल्वमका ५ वटा गितमा सञ्जय हमालको एरेन्ज रहेको छ भने अन्य २ वटा गितमा मनोज मोतेको एरेन्ज रहेको छ । गीतका सिआरबिटी, पिआरविटी, आरबिटी लगायत डिजिटल मार्केटिङ हाइलाइट्स नेपालले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्