औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति

<span class='c1'>औद्योगिक नगर विराटनगरमा</span> <span class='c2'>ठूलो आर्थिक क्षति</span>

विराटनगर १० भदौ । लगातार भएको बन्दले पूर्वी क्षेत्रकै औद्योगिक नगर विराटनगरमा ठूलो आर्थिक क्षति भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग बन्द छन् । उत्पादित वस्तु उद्योगका गोदाममा थन्किएका छन् ।अन्य दिनको भन्दा आज केही मात्रमा बजार खुल्ला छन् बजारमा चहल पहल हुनथालेको छ । उद्योग संगठन मोरङका अनुसार आद्यौगिक क्षेत्रमा बन्दको असर पूर्ण रुपमा परेको बताएको छ । बन्दले उद्योग,कल कारखाना र व्यवसाय चौपट भएको जनाएको छ । संगठनका कार्यकारी सचिव सोमराज अधिकारीका अनुसार नेपाल आउनु पर्ने मालवाहक ट्रक रानि भन्सार कार्यालयको ‘यार्ड’ र भारतपट्टीको सडकमा तेर्साएर राखिएको छ । बन्दले औद्योगिक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष दैनिक ३० करोड भन्दा धेरैको आर्थिक नोक्सानी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्