प्रहरी चौकी भवन बनाउन जग्गादान

<span class='c1'>प्रहरी चौकी भवन</span> <span class='c2'>बनाउन जग्गादान</span>

सिमकोट

हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ ।

चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकी आफ्नै भवनमा बस्दै आएका छन् ।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिररे बस्दै आएका छन् । नाम्खामा रहेको मुचु , लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन”, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो । अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्