“यस्तै अवस्था हो भने होटेल ब्यवसाय नै छड्नु पर्ने अवस्था आउछ ” – रोशन थापा

<span class='c1'>“यस्तै अवस्था हो भने होटेल ब्यवसाय नै छड्नु</span> <span class='c2'>पर्ने अवस्था आउछ ” – रोशन थापा</span>

संयुक्त मधेशी मोर्चाले आव्हान गरेको बन्दका कारण साना देखी ठुला ब्यवसाय सबै लाई ठुलो क्षति परेको छ । शैक्षिक संस्था बन्द छन , कलकारखाना ठप्प छन , गरी खाने जनताले गरी खान पाएका छैनन । बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावीत भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।  बिराटनगरमा जैन धर्मका गुरु आउने भएपछी होटेलको ब्यापार बढ्ने भनिए पनि लगातरको बन्दका कारण धेरै ठुलो क्षति परेको होटेल संचालकहरु बताउछन । यसै बिषयमा हामिले बिराटनगर स्थित होटेल रत्ना र भखरै धनकुटाको हिलेमा समेत होटेल हिले होरिजन माउन्टेन रिसोर्ट संचालनमा ल्याएका होटेल ब्यवसायी रोशन थापासँग कुरा गरेका छौ ।

१. बिराटनगर बन्द छ , कस्तो प्रभाब परेको छ यस्ले तपाईं अनि तपाईंको ब्यवसायमा ?
- पक्कै पनि ठुलो प्रभाब परेको छ , बन्दले होटेल त ठप्प नै छन । दैनिक घाटा भोग्नु परेको छ बन्दले ।

२. के यो बन्दले बिराटनगरमा मात्रै होटेल लाई असर गरेको छ कि बिराटनगर आसपासमा पनि परेको छ ?
- बिराटनगरमा बन्द हुँदा यहाँ त असर पर्छ नै , तर यहाँबाट बिराटनगरबाट केहि घण्टा मै पुगिने पर्यटकिय ठाउ जस्तै भेडेटार , हिलेसम्म पनि असर परेको छ ।

३. के कती घाटा भयो होला आज सम्मको बन्दले होटेल संचालकहरुलाई ?
- हामिलाई आर्थीक मात्रै हैन मानसिक पनि तनाब बढेको छ । यत्रो लगानी गरेर खोलिएका होटेल सुनसान हुँदा अर्बौको क्षति छ हामीलाई । बैंकको कर्जा तिर्नै परो , भाडा तिर्नै पर्‍यो , कर्मचारीलाई तलब दिनै पर्‍यो ।

४. जैन धर्म गुरु बिराटनगर आउँदा सबै भन्दा धेरै फाइदा होटेललाई थियो , अहिले के छ अवस्था ?
- ज्यादै दुख लाग्ने कुरा हो यो , बिराटनगरमा भइरहेको चतुर्मासमा लाखौ धर्मिक पर्यटक आउने थिए तर बन्दका कारण आएका पर्यटक पनि फर्की सके । यस्ले हामिलाई मात्र नभएर पुरै बिराटनगर कै आर्थीक अवस्थामा सुधार आउने थियो तर बन्दले सबै रोकिएको छ ।

 ५ . बन्द रोकिने छट्काट देखिदैन अझै पनि , के गर्नु हुन्छ अब ?
- यस्तै अवस्था हो भने म जस्तै धेरै मानिस यस ब्यवसायबाट नै पलायन हुने अवस्था नआउला भन्न सकिन्न ।

६.  के भन्नु हुन्छ बन्द कर्तालाई ?
- के भन्नु ? सबैलाई गरी खाने हक छ , कसैको गरी खाने हकको सम्मान गर्नुहोस । बन्दले तपाईंहरु प्रती जनताको भरोशा टुट्ने काम भइरहेको छ । बन्दले देश बन्दैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्