रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने

<span class='c1'>रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो</span> <span class='c2'>होला’ भदौ २६ मा प्रदर्शनमा आउने</span>

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।

प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ । चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

पटकथा ध्रुव लम्सालले लेखेका हुन् भने छायांकन सुदीप बरालले गरेका छन् । चलचित्रको वितरण रिच, एप्पल र एफडीले गर्ने भएका छन् । निर्देशक थापाले चलचित्रबारे भनिन्, ‘यो प्रेमकथा मात्रै होइन, जीवनका विभिन्न आयामहरू समेटिएको कथा हो । दर्शकले आफ्नै अनुभूति भेट्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्