रथयात्रामा पाँच लाख भक्तजनहरु सहभागी हुने अनुमान

<span class='c1'>रथयात्रामा पाँच लाख </span> <span class='c2'>भक्तजनहरु सहभागी हुने अनुमान</span>

विराटनगर १७ भदौ । आउँदो आइतबार आयोजना हुने ४८ औं रथयात्रालाई सफल र व्यवस्थित बनाउन सुरक्षा निकायसँग छलफल भएको छ । भदौ २० गते हुने रथयात्रामा हुन सक्ने सम्भावित दुर्घटना र चोरीलाई नियन्त्रण गर्न सुरक्षा निकायसँग छलफल गरिएको रथयात्रा समारोह समतिका सचिव ओमप्रकाश निरौलाले जानकारी दिनुभयो । छलफलमा राजनीतिक दलका नेता तथा कार्यकर्ता उपस्थित थिए । कृष्णजन्माष्टमीको भोलिपल्ट आयोजना गरिने रथयात्रालाई सफल बनाउन आयोजकले तयारी तीब्र बनाएको छ । दक्षिण एसियाकै दोस्रो ठूलो मानिने रथयात्रामा नेपाल र भारतका गरी पाँच लाखको हाराहारीमा भक्तजनहरु सहभागी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्