विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार साँझ दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरिएको हो ।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको हो । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराइएको छ ।