बिराटनगर भदौ १७
कम्लरी जीवनबाट पुर्व सभासद सम्म भएकी युवा नेतृ शान्ता चौधरीले आफ्नो जिवनी विराटनगरका युवाहरुलाइ सुनाउनु भएको छ । आवर विराटनगर डट नेट र कल्पले विराटनगरको श्री कृष्ण पार्टि प्यालेसमा आयोजना गरेको एक घण्टे कार्यक्रममा नेतृ चौधरीले आफ्नो जीवनको विभिन्न आरोह तथा अवरोहहरु युवाहरुसँग साट्नु भएको थियो । चौधरी नेपाली राजनितिको सकारात्मक वक्ताका रुपमा चिनिनु हुन्छ भने उहाँ अहिले सामाजिक सदभाव बनाउने कार्यमा लाग्नु भएको छ ।