आगलागी हुँदा आठ लाख बढीको क्षति

<span class='c1'>आगलागी हुँदा आठ</span> <span class='c2'>लाख बढीको क्षति</span>

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ ।

अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारीदिनुभयो । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “घर पूरै जलेर क्षति भएको छ ।”

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्