कोरियाबाट पाँचकोटीलाई सहयोग प्राप्त

<span class='c1'>कोरियाबाट पाँचकोटीलाई</span> <span class='c2'>सहयोग प्राप्त</span>

कानेपोखरी । पाँचथर हिलिहाङ गाउँपालिका ४ निवासी हाल पथरी शनिश्चरे नगरपालिका ०३ संगम चोकमा बसोबास गरिरहेका आइन्द्र पाँचकोटीलाई नगद अस्सि हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
लामो समयदेखी दाहिने खुट्टामा समस्या आइ हाल प्यारालाइसिसको पिडा भोगिरहेका उनको उपचारका लागि प्रवास मुलुक कोरियामा कार्यरत हिलिहाङ बासीको सहयोग रकमलाई सरोज योङ्हाङले मुख्य संयोजन गरेर नेपाल पठाएका हुन ।

सहयोगीहरू सरोज योङ्हाङ, सन्तोष योङ्हाङ, सुरेश योङ्हाङ, रमेश गुराँगाईं, सुमन योङया,गणेश यवा, इन्द्र योङ्हाङ, राजीन योङ्हाङ, कुबिर लिङ्देन, राज सुहाङ्ग, मणि लिङ्देन, लिमसन लिङ्देन, भिम सुहाङ्ग, राज योङ्हाङ, प्रदिप कार्की ९इटहरी०, शुक्रराज योङ्हाङ, तुलसि बजगाईँ, पुन्य बजगाईँ, पदम योङ्हाङ र बिवेक योङ्हाङले गरि संयुक्त रूपमा सो रकम संकलन गरेका हुन ।

रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुन नपाएपनी संयोजक सरोज योङ्हाङले सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भने,-कसैको दुस्खमा आफुले सक्ने सहयोग गर्नु मानव कर्तव्य हो, त्यसैले हामी सबैले एकअर्कोको पिडामा साथ दिने बानी बसालौं ।

बिरामीलाई कानेपोखरी गाउँपालिकाका राजनीतिज्ञ एवं समाजसेवी बिवेक योङ्हाङले मंगलबार सो रकम एकमुष्ट हस्तान्तरण गरेका छ्न । केही समय अगाडि बिरामी भइ साउदी अरबमा समस्या परेका पाँचकोटिलाई सरोज योङ्हाङको विशेष पहलमा नेपाल फर्काइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्