प्रदेश १ का १० सांसदले एमाले छोडेर एकीकृत समाजवादीमा

<span class='c1'>प्रदेश १ का १० सांसदले</span> <span class='c2'>एमाले छोडेर एकीकृत समाजवादीमा</span>

विराटनगर । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन भन्दै प्रदेश १ का १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्ने १० सांसद पुगेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।

एमालेबाट अलग भएर गठन भएको पार्टी समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको थियो । प्रदेश १ मा सांसदले सनाखत गरेसँगै अब मुख्यन्त्री भीमप्रसाद आचार्यको सरकार सिधा अल्पमतमा परेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्