विभिन्न सञ्चार माध्यममा आवद्ध चरिकोटका ६ पत्रकार सम्मानित

<span class='c1'>विभिन्न सञ्चार माध्यममा आवद्ध </span> <span class='c2'>चरिकोटका ६  पत्रकार सम्मानित</span>

चरिकोट

विभिन्न सञ्चार माध्यममा आवद्ध रही चरिकोटबाट सक्रिय पत्रकारिता गर्दै आएका ६ जना पत्रकार सम्मानित भएका छन् ।

नेपाल पत्रकार महाङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६औँ स्मृित दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुस्कृत गरिएको हो ।

सम्मानित हुनेमा स्व रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चीरञ्जीवी मास्के, महासङ्का संस्थापक अध्यक्ष स्व देवदास श्रेष्ठका नाममा स्थापना गरिएको देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोषी कार्की, कोरोनाका कारण निधन भएका प्रदेशसभा सदस्य पशुपति चौलागार्इंका नाममा स्थापना गरिएको स्व पशुपति चौलागार्इं पत्रकारिता पुरस्कारबाट दक्षिण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे, विकास पत्रकारिता पुरस्कारबाट गोकर्ण भण्डारी, ईन्द्रमणि पत्रकारिता पुरस्कारबाट दीपक बस्नेत र सुजल पत्रकारिता पुरस्कारबाट बाबुराम शर्मा हुनुहुन्छ । पुस्कृत सबैलाई नगद रु १० हजारसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

महासङ्घले प्रत्येक वर्ष भदौ १६ गते सो पुरस्कार वितरण गर्दै आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठको हृदयघातका कारण २०६२ सालमा निधन भएको थियो । एमाले नेता स्व पशुपति चौलागाईंले स्थापना गर्नुभएको गणतान्त्रिक पत्रकारिता पुरस्कारलाई पुरस्कारको नाम परिर्वतन गर्दै स्व पशुपति चौलागाई स्मृित पत्रकारिता पुरस्कार नामकरण गरी यस वर्षदेखि प्रदान गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्