खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

<span class='c1'>खैरोहिरोईन ब्राउनसुगर सहित</span> <span class='c2'>तिन जना पक्राउ</span>

बिर्तामोड। झापा अर्जुनधारा–४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन ।

उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्