गत मंगलबार दिउँसो खट यात्राको क्रममा विराटनगरको श्री राधाकृष्ण मन्दिरमा यो कानमा लगाउने सुनको मुन्द्रा जयन्त बोथराले भेट्नु भएको थियो । उहाँ आवर विराटनगर डटनेटका नियमित पाठक हुनुहुन्छ । र उहाँले हामीलाई त्यस बारेमा जानकारी गराउनु भयो । उहाँले उपलब्ध गराएको तस्विर र सुचना हामीले आवर विराटनगरमा प्रशासित गर्यौं । उक्त सूचना प्रकाशित भएपछि कमेन्टमा राम्रा नराम्रा सबै खाले प्रतिक्रियाहरु आए । र पोस्ट देख्ने बित्तिकै उक्त पोस्टलाई तपाईहरु मध्ये सयौं पाठकहरुले सेयर गरिदिनु भयो । थोप्ला वा राम्रा कुरा लेखेर पनि बुस्ट गरिदिनु भयो ।
हाम्रा हजारौं पाठक मध्ये विराटनगर १७ निवासी बर्खा परियार पनि एक हुनुहुदो रहेछ । उहाँ त्यो पोस्ट देखेर निक्कै खुसी हुनु भएछ । किन भने एक दिन अघि आफुले मन्दिर जाँदा खसालेको र भेटिन्छ माया मारिसकेको आफ्नै सुनको मुन्द्रा कसैले भेटेर आवर विराटनगरलाई सूचना दिएको थियो । उहाँले सुनको मुन्द्रा हराएपछि डरले घरमा पनि सुनाउनु भएको रहेनछ । र आवर विराटनगरमा आफुले कहिले फिर्ता पाउदिन होला भनेर सोच्नु भएको सामान फिर्ता दिने गरिको सूचना देखेपछि उहाँले तत्काल दिईएको नम्बरमा फोन गर्नुभयो । र त्यसको भोली पल्ट अर्थात विहिबार नै उहाँलाई बोलायौं र आवर विराटनगरको रोहबरमा उहाँलाई जयन्त बोथराले उक्त मुन्द्रा फिर्ता दिनु भएको छ ।
उहाँ आफ्नो हराएको सामान फिर्ता पाउँदा अत्यन्त खुसी हुनुहुन्छ । र यो खुसी हामीले अरु कुनै खालका अनेक खबरहरु प्रकाशन गर्दा पनि पाउदैनौं । र त हामी हजारौं गालीहरु सहन्छौ तर सामान, मानिस वा पशुहरु भेटिएका र हराएका सूचनाहरु पोस्ट गरिरहन्छौं । र ति अमुल्य र मुटु नजिकका साना ठुला सबै सामान भेटाएर दिने जयन्त बोथरा जस्ता हजारौं पाठकहरुको साथ हामीले पाईनै रहेका पनि छौं । रहन्छौं नै पनि । यस अघि पनि नवदुलहीले हराएको तिलहरी आवर विराटनगरको सूचना मार्फत भेटेर दिने महिलाहरुको घटना तपाईहरुसँग सेयर गरेका थियौं ।
हामीलाई थाहा छ हाम्रा स्रोत सिमित छन् । हामीले सबैका समस्या र गुनासा समाधान गर्न नसकौंला तर जति सामर्थ्य छ त्यति प्रयास गर्नमा हामीलाई केहिले हतोत्साहित गराउने छैन ।
र यो प्रयासमा आवर विराटनगर त माध्यम मात्र हो । यस्ता प्रयास र त्यसमा सफलताका पछाडी वास्तविक सहयोगी तपाईहरु नै हो । हाम्रो परिवार भनेको तपाईहरु नै हो । तपाईहरु सबैलाई फेरी पनि धेरै धेरै धन्यवाद ।