विराटनगरको ‘विराट ब्रियानी हाउस’ मा थपियो नयाँ–नयाँ परिकार

<span class='c1'>विराटनगरको ‘विराट ब्रियानी हाउस’</span> <span class='c2'>मा थपियो नयाँ–नयाँ परिकार</span>

विराटनगर । विराटनगर ९ रंगेली रोड ग्रिनक्रस हस्पिटल छेउ रहेको ‘बिराट ब्रियानी हाउस’ले नयाँ नयाँ परिकार थपेको छ ।
यस अघि चिकेन,मटन र भेज ब्रियानी ईस्पेसल रुपमा बनाउदै आएकोमा बुधबारबाट ग्राहकहरुको माग अनुसारका नयाँ नयाँ परिकार बनाउन थालेको हो । मोरङको सुनवर्सी नगरपालीका ६ का ३० बर्षिय मो.आफताव आलमले गत मंसिरमा एकल लगानीमा संचालनमा ल्याएका थिए ।
भारतको नयाँ दिल्लीमा कुकिङ सम्बन्धी अनुभव प्राप्त ४ जना सेफ किचनहरुबाट खानाका परिकारहरु बनाउने गरेको संचालक आलमले बताए । सस्तो र राम्रो पाईने भएका कारण ग्राहकहरुको विराट ब्रियानी हाउस प्रति लोकप्रिय बन्दै जान थालेपछि नयाँ परिकार थपेको आलमले बताए ।

अहिले बिराट ब्रियानी हाउसमा तन्दुरी चिकेन, अफगानी चिकेन सेकुवा, चिकेन सिक कवाव, बिराट स्पेशल चिकेन टिका , विराट स्पेशल चिकेन पनिर टिका, तन्दुरी रोटी, बटर रोटी, रुमाली रोटी, लक्ष्छा परौठा, बटर नान, प्लेन नान, चिकेन नान, पनिर नान चिकेन रोल पनिर रोल , चिकेन कि कवाव रोल जस्ता नयाँ परिकार थपेको संचालक आलमले जानकारी दिए ।
यसका साथै ग्राहकहरुलाई सहज भनेर अनलाईन होम डेलिभेरीको समेत व्यावस्था रहेको बिराट ब्रियानी हाउसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्