मोरङको कानेपोखरीबाट अमेरिकेन पेस्तोल सहित दुईजना पक्राउ

<span class='c1'>मोरङको कानेपोखरीबाट अमेरिकेन पेस्तोल</span> <span class='c2'>सहित दुईजना पक्राउ</span>

विराटनगर

मोरङको कानेपोखरी ६ बाट अमेरिकेन पेस्तोल सहित दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको ३० वर्षीय रुद्र क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहरा रहेका छन् ।

उनीहरुको साथबाट युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई बुधबार म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ । गोप्य सूचनाको आधारमा बुधबार बिहान ३ बजे क्षेत्रीको घरबाट पेस्तोल लगायतको सामाग्री बरामद भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए । पेस्तोल कुन प्रयोजनको लागि राखिएको हो यथार्थ भने खुल्न अझै बाकि रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्