पिकअपको ठक्करबाट बालकको मृत्यु

<span class='c1'>पिकअपको ठक्करबाट</span> <span class='c2'>बालकको मृत्यु</span>

बिर्तामोड। झापा कमल गाऊपालिका ५ आदीबासी रङशाला अगाडी पुर्व(पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।

आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्