विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ ।
हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार हिजैदेखि खोलामा वेपत्ता मण्डलको खोजी कार्य जारी राखिएको छ । घटनाका विषयमा प्रहरी थप अनुसन्धानको काम समेत गरिरहेको बताएको छ ।