सनम रोक्का
कयौं दुःख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै–यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका–४ पिङ्डाँडा निवासी छत्रबहादुर बि.क. का जेठा छोरा लालबहादुर बि.क.। २०४७ सालमा संखुवासभाको साविक चैनपुरमा गाविसमा जन्मिएका उनि सानैबाट इमान्दार, कर्मठ र मेहेनती स्वाभावका थिए । निकै दुस्ख र कष्टमा हुर्केका उनले औपचारिक शिक्षा भने सामान्य मात्र हासिल गरेका छ्न ।
परिवारको सम्पूर्ण अवस्था देख्दैँ परिपक्व भएका लालबहादुर परिवारको खुसीका लागि २० बर्षको कलिलो उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया लागेका थिए। परदेश लागेको दुई बर्षसम्म त सम्पर्क हुन्थ्यो, त्यसपछी अहिलेसम्म न फोन सम्पर्क छ, न अत्तोपत्तो भन्दैँ दुखेसो पोख्छ्न बुबा छत्रबहादुर । उनी भन्छ्न्–आज आउँछ कि भोलि आउँछ भनी पर्खिदाँ, पर्खिदाँ धेरै बर्ष बितिसकेछ, आफुले चिने जानेको सबैसँग बुझिसँके तर पत्ता लागेन । जसरी भएपनि घर फर्केर आइदिए हुन्थ्यो ।
२०६७ साल असार ८ गते पैसा कमाएर परिवारमा गरिबिले गुम्दैँ गरेको खुसी फर्काएर ल्याउँछु भन्दै परदेशिएको छोरोले ल्याउने खुसिको त कुरा त छौडौं, अहिलेसम्म आफैं फर्किएनन् । अहिले त कस्तो भयो होला, देख्न नपाएको नि १२ बर्ष भएछ, भन्दैँ मलिन अनुहार पार्छिन् आमा हरिमाया बि.क. ।
कलिलो उमेरमै ४ बर्षसम्म जनमुक्ति सेनामा होमिएको एक युवाले देश, समाज र परिवारलाई यति सारो चट्क्कै माया मारेको देख्दा पत्याउन गाह्रो लाग्छ, कतै विदेशी भूमीमा असहज परिस्थितिको सामना पो गरिरहेका छ कि भनेर हरसमय पिरोलिरहन्छ भन्छ्न् उनका बुबा छ्त्रबहादुर।
मलेसियाको जोहोरबारू स्थित जेसिवाइ कम्पनीमा काम गर्न भनी प्रेम श्रेष्ठको मार्फत विदेश गएर लालबहादुर अहिलेसम्म नफँर्कदा परिवारमा चिन्ता बढेको छ । उनको परिवारले देखे, भेटे खबर गरिदिनुहुन सम्पूर्ण देश तथा विदेश रहनुभएका नेपालिहरू समक्ष अनुरोध गरेका छन ।