विराटनगर । जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसला अनुसार ८ वर्ष ६ महिना कैद ठहर भई फरार रहेका मोरङ सुनवर्षी–५ का दिपक दास सात वर्षपछि पक्राउ परेका छन् ।
जवरजस्ती करणी मुद्दामा कैद सजाय ठहर भएका सुनवर्षी टकुवाका ३२ वर्षीय दासलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले पक्राउ गरेको हो । प्रहरीले पक्राउपछि जिल्ला अदालत विराटनगरमा पेश गरेसँगै मोरङ कारागार चलाउन गरिएको छ ।