विराटनगरमा ४८ जनासहित प्रदेश १ मा ३२७ जना कोरोना संक्रमित

<span class='c1'>विराटनगरमा ४८ जनासहित प्रदेश १</span> <span class='c2'>मा ३२७ जना कोरोना संक्रमित</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेहृथुममा ३, उदयपुर र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २८, उर्लाबारी र बुढीगंगामा ७–७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १–१, झापाको दमकमा १७, शिवसताक्षीमा १६, विर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, सुनसरीको इटहरीमा २९, बराहक्षेत्रमा ५, दुहवीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १–१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १–१, तेहृथुमको म्याङलुङमा ३, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्