विराटनगर । प्रहरी हिरासतमा रहेको समयमा मृत्यू भएका विराटनगर–११ का भिम कामतका आफ्न्तले न्यायको माग गर्दै विराटनगरमा प्रर्दशन गरेका छन । हिरासतमा बसेको बेला यातनाबाट कामतको मृत्यू भएकोभन्दै उनिहरुले घटनाको छानबीनगरि संलग्नलाई कारवाहीको मागगर्दै प्रर्दशन गरेका हुन ।
हिजो आईतबार मृत्यू भएका विराटनगर ११ का ३९ बर्षिय भिम कामतका आफ्न्तले घटनाको छानबीन गर्न मागगर्दै सोमबार विराटनगरमा प्रर्दशन गरेका छन । सयौंको संख्यामा जम्मा भएका उनिहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी टायर बालेर प्रर्दशन गरेका छन ।
सोमबार दिउसो जिल्ला प्रशासन कार्यालय पुगेका उनिहरुले सो ठाउँमा धर्ना दिनुकासाथै प्रहरी बिरुद्ध नाराजबाजीगर्दै प्रर्दशन समेत गरेका थिए । सो क्रममा प्रहरी र प्रर्दशनकारी बिच जिल्ला प्रशासन कार्यालयको गेटमा घम्साघम्सी समेत परेको थियो । घम्साघम्सीका क्रममा प्रर्दशनकारी मध्येका एकजना घाईते समेत भएका थिए ।
विराटनगर ११ का भिम कामतलाई प्रहरीले भदौ १८ गते साढे ३ किलो गाँजा तथा १ लाख २२ हजार बढी नगदसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्धामा अनुसन्धानकालागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यू भएको थियो । प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले कामतलाई म्याद थपकालागि अदालत लाने क्रममा कामेको तथा मुखबाट फिँज समेत आएपछि उपचारकालागि कोशी अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यू भएको बताउनुभएको छ ।
तर मृतकका आफ्न्तले भने प्रहरी हिरासतमै उनलाई यातना दिइएका कारण मृत्यू भएको दाबी गरिरहेका छन । उनिहरुले घटनाको छानबीनगरि बास्तविकता सार्वजनिक नगरेसम्म मृतकको शव नबुझ्ने अडान समेत राखेका छन ।
जिल्ला प्रशासन कार्यालय सामुन्ने प्रर्दशनपछि प्रर्दशनकारीहरु नजिकै रहेको डाँफे चोकमा पुगेर सडक अवरुद्ध गरेका थिए । उनिहरुले सो चोकको चारैतर्फ टायर बालेर चौतर्फी यातायातको आवागनम अवरुद्ध गरेका थिए । प्रर्दशनको क्रममा आक्रामकरुपमा प्रस्तुत भएका प्रर्दशनकारीले केहि मोटरसाईकल र स्कुटीमा भाटा प्रहार गरेर तोडफोड समेत गरेका थिए । यस्तै डाँफेचोकमा रहेको एउटा पसलमा कोकोकोलाको क्यारेट सडकमा फ्यालेर फुटाईदिएका थिए ।
स्थिति तनावपुर्ण हुँदै गएपछि थप सुरक्षाकालागि सशस्त्र प्रहरीको टोली समेत झिकाइएको थियो । सो बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जर्नादन जिसीले कामत मृत्यू प्रकरणलाई छानबीन गरिने बताउनुभयो । छानविन समिति गठन भएपछि मृतक परिवारले पोस्मार्टम गर्नको लागि प्रहरीमा जाहेरी दिने भएका छन् ।