विराटनगर ।
मोरङको मिक्लाजुङ्ग गाउपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार दिउसो साढे १ बजे आफ्नै घरको कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।