ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

<span class='c1'>ट्याक्टर दुर्घटनाबाट चालकको</span> <span class='c2'>मृत्यु, सहचालक घाईते</span>

सोलुखुम्बु । सोलुखुम्बु थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाट स्थितमा लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल समेत सामान्य घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ ।

हिजो सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्