प्रदेश १ मा ३४९ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ३४९</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा ६, इलाम र उदयपुरमा ४–४, पाँचथर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो ।
झापाको दमकमा २१, शिवसताक्षी र विर्तामोडमा १०–१०, भद्रपुरमा ८, कनकाईमा ७, मेचीनगरमा ५, अर्जुनधारा र झापा गाउँपालिकामा ३–३, बुद्धशान्ति, बाहृदशी, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, मोरङको विराटनगरम ४३, पथरीशनिश्चरेमा १२, केराबारीमा ८, उर्लाबारीमा ५, कटहरी, बुढीगंगा र रंगेलीमा २–२, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १– १, सुनसरीको इटहरीमा ४८, धरानमा १६, इनरुवामा २, बराहक्षेत्र, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, चुलाचुली, देउमाई र माईमा १–१, उदयपुरको चौदण्डीगढीमा २, उदयपुरगढी र त्रियुगामा १–१, पाँचथरको फाल्गुनन्द, तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७१ महिला र १८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्