जेसिबी दुर्घटनाबाट खादबारीमा एक जनाको मृत्यु

<span class='c1'>जेसिबी  दुर्घटनाबाट खादबारीमा</span> <span class='c2'> एक जनाको मृत्यु</span>

संखुवासभा |

संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । बिकको हिजो दिउसो २ बजे उनि आफैले चलाएको ज.१क.४१२ नम्बरको जेसिबी ( लोडर ) काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल खादबारी पठाईएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्