जेसीभी दुर्घटनाबाट एक जनाको मृत्यु

<span class='c1'>जेसीभी दुर्घटनाबाट एक</span> <span class='c2'>जनाको मृत्यु</span>

संखुवासभा । संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी(किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसीभी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. छन् ।

हिजो दिउसो २ बजे बि।क।ले चलाएको ज.१क.४१२ नम्बरको जेसीभी काम गर्ने क्रममा पल्टेर १०० मिटर तल झरी दुर्घटना हुँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै ईप्रका हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाशलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल खादबारी पठाईएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्