क्यान्सरपिडित संगीतकर्मी राजु चौधरीको उपचारको क्रममा भारतमा निधन

<span class='c1'>क्यान्सरपिडित संगीतकर्मी राजु चौधरीको उपचारको</span> <span class='c2'>क्रममा भारतमा  निधन</span>

विराटनगर |

आकृति रानी फुयल

पुर्व झापाको विर्तामोडका चर्चित गायक राजु चौधरीको उपचारका क्रममा आज भारतमा निधन भएको छ। लामोसमयदेखि बोनम्यारो क्यान्सरले थला परेका उनलाई बोनम्यारो ट्रान्सप्लाण्टका लागि भारत लागिएको थियो। पुर्वमा चौधरी बिर्तामोडको रेडियम म्युजिसीयन बैण्डसंग जोडिएर संगीत क्षेत्रमा निक्कै अगाडी बढिसकेका थिए।

उनको उपचारमा ट्रान्सप्लाण्ट गरेको मात्र रु २५ लाख लाग्ने भयो जसकारण उनको आर्थिक अवस्थाले उपचार सम्भव हुन नसक्ने भएपछी देशव्यापी रुपमा संगीत क्षेत्रमा आबद्ध व्यक्तिहरुले सहयोग जुटाउदै थिए ,विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै थिए ।

त्यसैक्रममा उपचारको सहयोगार्थ अभियान चलिरहेको बेला विराटनगरका संगीतप्रेमी युवाहरुले पनि हिजो बिराटनगरको सेन्ट्रल मल र भाटभटेनि,ट्राफिक चोक अगाडी विभिन्न सांगीतिक प्रस्तुति गरि बिराटनगरबाट मात्र २ दिनमा १ लाख रकम संकलन गर्न सफल भएको अभियानकर्ता मध्येका एक क्रिशल आले मगरले जानकारी दिए ।

आज पनि बिराटनगरको ठुलोमिल चोक लगायतका स्थानहरुमा कार्यक्रम राखिएको थियो तर कार्यक्रमको तयारि गर्दागर्दै उताबाट संगीतकर्मी चौधरीको निधन भएको खबर आयो जसले हामि सबैलाई निशब्द बनाएको छ । त्यसैले आज राजु दाइको मृत आत्माको शान्तिको कामना गर्दै हामिले श्रद्दान्जली स्वरुप आज साझ ४ बजे ठुलोमिल चोकमा सांगीतिक श्रद्दान्जली कार्यक्रम गर्दैछौं।

तर उहाको भौतिक शरीर हामीमाझ नभए नि उहाँको पार्थिव शरीर भारतदेखि नेपाल ल्याउन खर्च लाग्छ त्यसैले छोरा गुमाएको भएपनि संकलित रकम हामि भोलि बिर्तामोड गएर उहाँको परिवारलाई हस्तान्तरण गर्नेछौं जसले उहाहरुलाई थोरै भएपनि राहत मिल्ने हामीले आशा गरेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्