इलामका जिसस सदस्य चन्द्र मगरको कोरोना संक्रमणबाट निधन

<span class='c1'>इलामका जिसस सदस्य चन्द्र</span> <span class='c2'>मगरको कोरोना संक्रमणबाट निधन</span>

इलाम। इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।
उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका मगरको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उहाँमा कोभिडको सङ्क्रमण देखिएको थिएन । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पिसीआर परीक्षण गर्दा उनमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

इलामको रोङ गाउँपालिका–५ इरौटारको बहुवन निवासी उनी नेकपा (एमाले) इलामको सचिवालय सदस्य थिए । उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्