विराटनगर । विद्यार्थीहरुको मनोसामाजिक अवस्था बुझि ब्यवहार गर्न मद्दत गर्ने उदेश्यले विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक मनोविमर्श सम्बन्धी ५ दिने तालिम शुरु गरीएको छ ।
सामाजिक कुरिति विरुद्ध लाग्न र कोभिड पछि बालबालिकामा परेको नकारात्मक प्रभाव हटाएर सहज बनाउनका लागि विद्यार्थीहरुको मनोभावना बुझ्न मद्दत होस भनेर प्लान इन्टरनेशनलको सहयोगमा साझा सवालका लागि साझा मञ्च(कोकन)ले सुनसरीका २० जना शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।
विद्यालयका बालवालिका फोकल शिक्षकका लागि तालिम आयोजना गरीएको कोकन अध्यक्ष मञ्जीता उपाध्यायले बताउनुभयो । आगामी असोज ६ गते सम्म संचालन हुने तालिमको कोकन अध्यक्ष उपाध्याय र महेन्द्र महतोले सहजीकरण गर्नुहुनेछ ।