बोनम्यारो पीडितका परिवारद्वारा उपचार सहयोगका लागि अनुरोध

<span class='c1'>बोनम्यारो पीडितका परिवारद्वारा उपचार</span> <span class='c2'>सहयोगका लागि अनुरोध</span>

विराटनगर । बोनम्यारो क्यान्सर पीडित सुनसरीको दुहवी नगरपालिका–८ का २२ वर्षीय जनकबहादुर बुढाथोकीको उपचारका लागि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् । बोनम्यारो क्यान्सर भई उपचाररत जनकका लागि रकम अभाव भएको भन्दै बुबा गंगाबहादुर बुढाथोकीले सबैसँग आग्रह गर्नु भएको हो ।

श्रमिक परिवारका बुबा गंगाबहादुरले छोराको उपचारका लागि ३० लाख रुपैँया लाग्ने चिकित्सकले बताएको भन्दै आफ्नो कमजोर आर्थिक अवस्था रहेको बताउनुभयो । छोराको उपचारका लागि दातासँग आग्रह गर्न विराटनगरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

थोरै सहयोगले छोराको पहिलो स्टेजको बोनम्यारो क्यान्सर निको हुनसक्ने बताउँदै सहयोगी मनहरुलाई कृषि विकास बैंक दुहबी शाखामा गंगाबहादुर बुढाथोकीको नाममा रहेको खाता नं. ०६०२८००८२९४४८०१४ मा जम्मा गरेर मोवायल नम्बर ९८०)६०६३९० मा जानकारी गराईदिन अनुरोध गर्नु भएको छ । दाताहरुको व्यक्तिगत विवरणसहित सार्वजानिक रुपमा आभार प्रकट गर्नका लागि पीडित बुबाले आफ्नो सम्पर्क नम्बर दिनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्