दुई सय सवारी साधनलाई (स्कर्टिङ) गरी गन्तव्यतर्फ

<span class='c1'>दुई सय सवारी साधनलाई</span> <span class='c2'>(स्कर्टिङ) गरी गन्तव्यतर्फ</span>

विराटनगर २५ भदा । बन्दका कारण अलपत्र परेका दुई सयभन्दा बढी सवारी साधनलाई मोरङ प्रहरीले सुरक्षा दिएर (स्कर्टिङ) गरी गन्तव्यतर्फ पठाएको छ । हिजो रातिदेखि आज बिहानसम्म गरी २ सय २६ वटा साधनलाई पठाइएको प्रहरीले जनाएको छ । विराटनगरस्थित आयल निगमको क्षेत्रीय डिपो आसपास रोकिएका इन्धन बोक्ने ३४ वटा ट्यांकर र कोसी राजमार्गको विराटनगर–इटहरी खण्डमा रोकिएका १ सय ९ वटा ढुवानीका साधनलाई सुरक्षा दिइ गन्तव्यतर्फ पठाइएको छ । यसैगरी सुनसरीतिरबाट आएका १ सय १७ वटा मालबाहक ट्रकलाई स्कर्टिङ गरी गन्तव्य र्पुयाइएको मोरङ प्रहरीले जनाएको छ । अझै पनि कोसी, पूर्व(पश्चिम र सहायक मार्गहरुमा सयौं सवारीसाधन रोकिएका छन् । तिनलाई सुरक्षा दिएर राखिएको प्रहरीले जनाएको छ ।

०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्