लायन्स क्लब अफ विराटनगरद्वारा निशुल्क आँखा शिविर संचालन

<span class='c1'>लायन्स क्लब अफ विराटनगरद्वारा</span> <span class='c2'>निशुल्क आँखा शिविर संचालन</span>

विराटनगर ८ बलुवाहीमा निशुल्क आँखा जाँच तथा मोतियाबिन्द परीक्षण शिविर संचालन गरेको छ । लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरको आयोजनामा भएको उक्त आँखा शिविर बलुवाहीको छठी माता मन्दिरको प्राङ्गणमा आयोजना भएको हो ।

आज शनिवार विहान ९ बजे देखि आयोजना भएको शिविरमा एक सय ६८ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएकोहरु मध्ये ४० जनामा मोतियाबिन्दुको लक्षण देखिएको छ । उनीहरुको आवश्यक्ता अनुसार तेज कोहली एण्ड रुईत फाउन्डेशनको आर्थिक सहयोगमा श्री रामलाल गोल्छा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएका छन् ।

संजय मण्डलको संयोजनामा भएको शिविरमा प्रमुख अथिति फुल कुमार लालबानीका साथै लायन्स क्लब अफ विराटनगरका अध्यक्ष ईन्जिनियर प्रकाश भक्त जोशी, मन्दिर समितिको अध्यक्ष लक्ष्मण राई , संस्थापक अध्यक्ष रामचन्द्र मण्डल, क्लब सचिव निर्मल प्रसाद दाहाल, भुत पुर्व अध्यक्ष राजेश लखोटिया, क्लब पदाधिकारीहरु टिका राज ढकाल, हेमन्त कुमार मारु जितेन्द्र गोल्छा जुगल किशोर राठी घनश्याम काबरा राम अवतार अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्री रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा कोभिड १९ बारे सचेतना समेत फैलाईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्