‘बोलबम चिउरा मिल’मा आगलागी हुदाँ ७० लाखको क्षति

<span class='c1'>‘बोलबम चिउरा मिल’मा आगलागी</span> <span class='c2'>हुदाँ ७० लाखको क्षति</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा आगलागी भएको छ । आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ ।

मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति ९ः५० बजेतिर अचानक आगलागी भएको हो । प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर मात्रै आगो नियन्त्रणमा लिइएको उनले बताए ।
आगलागीको कारण खुल्न सकिरहेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।  आगलागीमा ७० लाख रूपैयाँ बराबरको क्षति भाएको डीएसपी श्रेष्ठले बताए । आगलागीमा परेर मिल सञ्चालन गरिएको दुईवटा कोठा, दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्