विराटनगर । मोरङमा सम्पन्न नेपाली कांग्रेसको वडास्तरीय निर्वाचनमा १० जना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
विराटनगर महानगरपालिबाट ४, बेलबारी नगरपालिकाबाट २, उर्लाबारी नगरपालिकाबाट २, रंगेली नगरपालिकाबाट १ र सुनबर्षी नगरपालिकाबाट १ गरि कुल १० जना पत्रकारहरु नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन् । सार्वजनिक मतपरिणाम अनुसार विराटनगरबाट सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, बरिष्ठ संवाददाता अनुज सापकोटा, बि एफएम संवाददाता उमा थापा तथा कारोबार दैनिकका प्रदेश ब्युरो प्रमुख मीनकुमार नवोदित श्रेष्ठ, रंगेली नगरपालिकाबाट कान्तिपुर टेलिभिजन संवाददाता सुशीला पाठक र सुनबर्षी नगरपालिकाबाट हिमपत दैनिकका सम्पादक विरेन्द्र कुमार साह क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरि उर्लाबारीबाट ब्लास्ट टाइम्स दैनिकका संवाददाता मदनबाबु प्रसाईं, अलकापुरी साप्ताहिकका सम्पादक दुर्गा खतिवडा र कानेपोखरी गाउँपालिकाबाट गोरखापत्र दैनिकका संवाददाता हरि कोइराला समेत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।