‘बडादशैं’ २०७८ टिकाको साइत बिहान १०: ०२ मिनेटमा , सुचना सहित

<span class='c1'>‘बडादशैं’ २०७८ टिकाको साइत बिहान १०:</span> <span class='c2'>०२ मिनेटमा  , सुचना सहित</span>

विराटनगर।

आकृति रानी फुयल।

नेपाल सरकारको गृह मन्त्रालयले हिन्दुहरुको महान चाड 'बडादशैं' को साइत सम्बन्धमा सुचना जारि गरि साइत सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट गत असोज ८ गते जारि गरिएको पात्रानुसार २०७८ सालको बडादशैंको शुभ साइतहरु हिजो १२ गते साइत सार्वजनिक गरेको हो।

सुचनामा जनाएअनुसार नवरात्रको शुभारम्भ २०७८ असोज २१ गते बाट सुरु हुनेछ जसमा घटस्थापनाको शुभ साइत विहान ११ बजेर ४६ मिनेटमा रहेको छ। त्यसैगरी झण्डा फेर्ने शुभसाइत असोज २२ गते बिहान ११ बजेर ५६ मिनेटमा रहेको छ। पचलीभैरव यात्रा असोज २५ गते त्यसैगरी फूलपाती र तुलाजाभावानी यात्राका लागि शुभ साइत असोज २६ गते बिहान ७ बजेर ११ मिनेटमा रहेको छ भने स्थिरासनको शुभसाइत बिहान ८ बजेर ४४ मिनेटमा , कालरात्रि एवं महाअष्टमी असोज २७ गते , महानवमी असोज २८ गते बिहिबार त्यसैगरी असोज २९ गते बिजया दशमीका दिन देबी बिसर्जनको शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा ,त्यस्तै तुलाजा भवानी यात्राको शुभसाइत बिहान ७ बजेर १ मिनेटमा रहेको छभने खड्गयात्राको स्थीरासनको शुभ साइत बिहान ८ बजेर ३२ मिनेटमा साथै बडादशैं टिकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा रहेको सुचनामा उल्लेख गरिएको छ।

त्यसैगरी अखिलबलिपुर्ती र कोजाग्रत पुर्णिमा कार्तिक २ गते रहेको जारि सुचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्