मोरङको जेफालेका चिया तथा पर्यटन व्यवसायी राईको निधन

<span class='c1'>मोरङको जेफालेका चिया तथा</span> <span class='c2'>पर्यटन व्यवसायी राईको निधन</span>

विराटनगर । उत्तरी मोरङमा चिया र पर्यटन क्षेत्रको विकासमा सक्रिय उद्यमी एवं पर्यटन व्यवसायी नारायणप्रसाद राईको निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको हो । राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो ।
कोरोना संक्रमणमुक्त राईको हृदयघातको कारण मृत्यु भएको पारिवारिक बताइएको छ ।

५७ वर्षका राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक मातृभूमि टि–स्टेट प्रा.लि.मार्फत चिया खेती सुरु गरेका थिए । अर्गानिक चिया उत्पादन गर्ने, आफै प्रशोधन गर्ने र विदेश निर्याप्त गर्दै आएका राईले उत्तरी मोरङमा पहिलोपटक चिया खेती सुरु गरेका थिए ।
जेफालेमा पर्यटक भित्र्याउने र सम्वद्र्धन गर्ने अभियानमा समेत राईको उतिकै सक्रियता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्