कोरोना अपडेट : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ६१ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु

<span class='c1'>कोरोना अपडेट : पछिल्लो २४ घण्टामा प्रदेश १ मा</span> <span class='c2'>१ सय ६१ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु</span>

विराटनगर ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना संक्रमण भएको छ । आठ सय २७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४७ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहवीमा ३, बराहक्षेत्र र रामधुनीमा २–२, गढी र देवानगञ्जमा १–१, झापाको विर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३–३, हल्दिबारी र गौरादहमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ७० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्