सामाजिक र राजनीतिक व्यक्तिको इतिहास संरक्षणमा मदन भण्डारी स्मृति प्रतिष्ठान

<span class='c1'>सामाजिक र राजनीतिक व्यक्तिको इतिहास</span> <span class='c2'>संरक्षणमा मदन भण्डारी स्मृति प्रतिष्ठान</span>

उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लावारी मोरङ समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु वरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म प्रतिष्ठानले तस्वीरमा मदन भण्डारी, मदन भण्डारी स्मृति ग्रन्थ भाग–१, मधुमल्लाका तिल वहादुर राई स्मृति ग्रन्थ ‘मिक्लाजुङ्गको मोती’, मोरङ वयरवनका काँशीनाथ दाहाल स्मृति ग्रन्थ ‘आदर्शको आकाश’, मित्रलाल सुवेदी स्मृति ग्रन्थ ‘स्वाभिमानको पहाड’ प्रकाशित गरिसकेको छ । यसैगरी विकास अभियन्ता कृषि विज्ञ खगेन्द्र सिग्देलको आत्मवृतान्त आप्mनै प्रतिविम्व प्रकाशित गरिएको छ । तिल बहादुर राई स्मृति ग्रन्थ मिक्लाजुङ्गको मोती, काँशीनाथ दाहाल स्मृति ग्रन्थ आदर्शको आकाश हालसालै विमोचन गरिएको छ ।

प्रतिष्ठानले मदन भण्डारी स्मृति ग्रन्थ भाग २,साविकको सुन्दरपुर गाविसका पूर्व अध्यक्ष कृष्ण प्रसाद दाहाल स्मृति ग्रन्थ,लेटांगका डा राम विनोद सिंह स्मृति ग्रन्थको अन्तिम तयारी गरिरहेको छ । पुस्तकहरुको सम्पादन साहित्यकार अनिल पौडेलले गरिरहनुभएको छ । संकलन संयोजन जयन्ता पोखरेलले गरिरहनुभएको छ ।

जनता र आमूल परिवर्तनको पक्षमा गाँउ गाँउबाट लडने निष्ठावान कर्मठ योद्धाहरुको इतिहासलाई खोतल्ने गरेर प्रकाशमा ल्याउने कार्य हामीले नगरे कसले गर्छ भन्ने निश्कर्ष निकालेर प्रतिष्ठानले यो कार्य जारी राखेको अध्यक्ष वरालले जानकारी दिनुभयो । समाजमा विशिष्ठ योगदान दिएका ब्यक्तिहरुको इतिहाँस वाहिर ल्याएर नयाँ पुस्तालाई शिक्षित गर्न जरुरी रहेको उहाँको भनाई छ । प्रतिष्ठानले सुरुमा ब्यक्ति पहिचान गर्ने,उहाँको वारेमा खोज अनुसन्धान गर्ने र तथ्यहरुको आधारमा सत्यलाई प्रकाशमा ल्याउने कार्य जारी राख्ने अध्यक्ष वरालको भनाई छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानले केन्द्रीय कार्यालय उर्लावारी मंगलवारेमा मदन भण्डारी संग्राहलय संचालनमा ल्याईसकेको छ । जननेता एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जीवन झल्कने सम्पूर्ण समाग्रीहरु संग्राहलयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्