९७ बोतल लागुऔषध बरामद

<span class='c1'>९७ बोतल</span> <span class='c2'>लागुऔषध बरामद</span>

सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । मोटरसाइकल छाडेर भागेका उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका अपनाएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्