वर्षाले कृषि बालीलाई राहत

<span class='c1'>वर्षाले कृषि</span> <span class='c2'>बालीलाई राहत</span>

रासस । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पुर्‍याएको छ ।

पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताउनुभयो । उहाँका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भन्नुभयो “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा निकै सास्ती हुन्थ्यो, अहिले फल लाग्ने बेलामा पानी परेपछि धेरै सजिलो भयो ।”

कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखोबारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका काउली, बन्दा, आलु, सागलगायतका विभिन्न कृषि बालीलाई समयमा नै पानी परेपछि धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्