धरानमा पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु

<span class='c1'>धरानमा पहिरोले घर पुरिदा</span> <span class='c2'>दुई जना बालबालिकाको मृत्यु</span>

धरान । धरानमा आज परेको अबिरल बर्षासँगै झरेको पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राईको पुरिएर मृत्यु भएको हो ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा भित्र रहेका दुई जना बच्चा समेत पुरिएका हुन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्