निरन्तर बर्षाका कारण धरान-धनकुटा सडकखण्ड अवरुद्ध

निरन्तर बर्षाका कारण धरान-धनकुटा सडकखण्ड अवरुद्ध

विराटनगर । निरन्तरको वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ ।

लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा करिब ५० मिटर सडक बगाउँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । मङ्गलवार दिउँसो करिब ४ बजे पानीको बहाव उच्च भएसँगै लेउती खोलाको धार परिवर्तन भएको थियो । परिवर्तित धारले नै कोशी राजमार्ग अन्र्तगतको सो सडकखण्ड कटान गरेको हो ।

खोलाले बाटो बगाएपछि अहिले धरानबाट गएका र धनकुटाबाट आएका सयौँ सवारीसाधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पानीको बढ्दो बहावले सडकलाई क्षति पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्