कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।
बुधबार दिउँसो सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरुलाई उद्धार, राहत र क्षतिपूर्ति दिने निर्णय गर्नुभएको हो ।
साथै बैठकले प्रभावित क्षेत्रमा राहत र उद्धारको काम प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय समेत गरेको छ ।