स्रोत नखुलेको रु ८० लाखसहित एक पक्राउ

<span class='c1'>स्रोत नखुलेको रु ८०</span> <span class='c2'>लाखसहित एक पक्राउ</span>

प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो । उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद रु ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप रु ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्