प्रधानमन्त्री देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा

<span class='c1'>प्रधानमन्त्री देउवा पुनः कञ्चनपुरको</span> <span class='c2'>बाढी प्रभावित क्षेत्रमा</span>

महेन्द्रनगर, कार्तिक ५ गते । प्रधानमन्त्री शेर बहादुर देउवा पुनः कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा आउनुभएको छ । बिहीबार साँझ महाकालीको तटीय क्षेत्रको हवाई अवलोकन गरि महाकाली पारीको दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर बाढी प्रभावितलाई सम्बोधन समेत गर्नुभएका देउवा आज पुनः बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको हो ।

शुक्रबार उहाँले बाढी प्रभावित क्षेत्र भिमदत्त नगरपालिकाको वडा नं. ११, १२, र १३ नम्बर वडाको स्थलगत निरीक्षण गर्नुभएको छ । यस्तै उहाँले महेन्द्रनगर बजार, वडा नं. ९, खन्या खोला, दोधा नदीको कटानको अवस्थाबारे हवाई अवलोकन गर्नुभएको छ ।
यस्तै उहाँले नेपाल आर्मीको भगतपु स्थित २५ नं. बाहिनीमा सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुलाई बोलाएर अप्रिय घटना हुनबाट बचाउनुभएकोमा धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले छिट्टै पीडीतको समस्या समाधान गर्छ, तपाईहरुले यसै गरि सक्रिय रुपमा खटिएर काम गरे सरकार सफल बन्छ ।’

अवलोकनका क्रममा महाकालीको तटीय क्षेत्रमा रहेको निर्माणधीन महाकाली पुलको क्षतिग्रस्त पहुँचमार्गमा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले राहतको प्याकेज ल्याउने बताउनुभयो, उहाँले भन्नुभयो ‘राहतका कार्यक्रम प्याकेजमा ल्याउँछौ, बाढीपहिरोले पूर्वदेखि पश्चिमसम्म धेरै ठूलो क्षति गरेको छ, अर्थमन्त्री, पर्यटनमन्त्रीसहित हामी निरीक्षणमा आएका छौं, काठमाडौं गएपछि मन्त्रिपरिषद्को बैठक बोलाएर निर्णय गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्