आउने निर्बाचनमा काँग्रेसको पक्षमा जनलहर आउँछः वरिष्ठ नेता पौडेल

<span class='c1'>आउने निर्बाचनमा काँग्रेसको पक्षमा जनलहर</span> <span class='c2'>आउँछः वरिष्ठ नेता पौडेल</span>

तनहुँ, कात्तिक ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउने निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने बताउनुभएको छ । काँग्रेस भिमाद नगर कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभयो ।

कम्युनिष्टहरुले विकासका कुरा धेरै गरे पनि काम नगरेको चर्चा गर्नुहुँदै नेता पौडेलले यो सरकारले काम देखाउनुपर्ने बताउनुभयो । हिजोको सरकारले गरेको गलत कामको भण्डाफोर गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

गुट उपगुटकै कारण कम्युनिष्ट सरकार ढलेको चर्चा गर्नुहुँदै वरिष्ठ नेता पौडेलले काँग्रेसलाई गुट विहिन पार्टी बनाउन आवश्यक रहेको बताउनुभयो । काँग्रेस एक भएर अगाडि बढ्न सके मात्रै बलियो हुने पौडेलले बताउनुभयो ।

काँग्रेस पार्टीलाई गुटको आधारमा नभइ सिद्धान्त र विचारको आधारमा अगाडि बढाउनुपर्छ नेता पौडेलले भन्नुभयो, “आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं ।” लामो समय संसद चल्न नदिएर एमालेले संसदलाई बन्धक बनाउने काम गरेको उहाँले टिप्पणी गर्नुभयो । कांँग्रेसलाई सुधार गरेर देशको पहरेदार बनाउन आवश्यक रहेको पौडेलले औल्याउनुभयो ।

यतिबेला कांग्रेसको पक्षमा जनलहर आएको छ एक ढिक्का भएर सबै अगाडि बढन सकेमा काँग्रेसको पक्षमा माहोल बन्दै जाने देखिन्छ उहाँले भन्नुभयो । १४औं महाधिवेशनलाई समयमै सम्पन्न गरी नेता कार्यकर्ताहरुमा उत्साह जगाउनुपर्ने पौडेलले बताउनुुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे वि.क., कास्की कांग्रेसका सभापति यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, काँग्रेस तनहुँका पार्टी सभापति वैकुण्ठ न्यौपाने, कार्यबाहक सभापति जितप्रकाश आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, भिमाद काँग्रेसका सभापति अरविन श्रेष्ठ लगायतकाले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्