वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन माग

<span class='c1'>वर्षा पीडित किसानलाई</span> <span class='c2'>क्षतिपूर्ति दिन माग</span>

सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा सयौँको ज्यान जाने गरी भएको यो प्राकृतिक प्रकोपबाट पीडित भएकालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी राहत एवं पुनःस्थापनाको कामसमेत छिटो गर्न सरकारसँग माग गरेको छ ।

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्याङ्कन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ । भित्र्याउने बेलाको अन्न खेतबाटै नाश हुँदा वर्षभर काम गरेका किसान महान् पर्व बडादसैँ मनाइरहेका बेला दुःखी बनेका छन् । बाढी पहिरोले भौतिक संरचनालगायतमा पनि ठूलो क्षति पुगेको छ । दुःखको यस घडीमा उद्धार, राहतलगायत सहयोगमा जुट्न फाउन्डेसनले आह्वान गरेको छ । भित्र्याउने बेलाको अन्नबाली गुमाएका किसान, घर, आवास गुमाएका नागरिक, सदस्य गुमाएका परिवारलाई विपद्को यो घडीमा सक्दो सहयोग गर्नु राज्यको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्