प्रधानाध्यापकद्वारा धनपालथानको २ सय बाढीपिडितलाई राहत वितरण

<span class='c1'>प्रधानाध्यापकद्वारा धनपालथानको २ सय</span> <span class='c2'>बाढीपिडितलाई राहत वितरण</span>

विराटनगर । मोरङको धनपालथान–७ कदमाहास्थित ९ गाउँको दुईसय बाढी पिडितलाई राहत वितरण गरिएको छ ।

स्थानीय गड फादर इङग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक प्रदीप कुमार मण्डलले बाढी पिडितहरुलाई राहत वितरण गरेका हुन् । मण्डलले शनिबार बिहान व्यक्तिगत रुपमा उनीहरुलाई राहत स्वरुप १/१ बोरा भुजा वितरण गरेका हुन् । केहीदिन यता परेको अत्याधिक वर्षाका कारण घरबाट विस्थापित परिवारलाई लक्षित गरि राहत वितरण गरिएको उनले बताए । उनले बाढीपिडितलाई राहत दिने बिषयमा स्थानीय गाउँपालिका समेतले बिशेष चासो नदिएकाले आफु अग्रसर भएको जानकारी दिए ।

मण्डल विगत २०७६ सालदेखि विद्यालयका प्रधानाध्यापक छन् । उनले शनिबार भने कुल ३० हजार मुल्य बराबरको राहत वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्